Hasibatakतपाईंको क्याल्कुलेटर
भाषा छान्नुहोस्: नेपाली
गृहपृष्ठ / खाडी सेवा अन्त्य

सेवा अन्त्य क्याल्कुलेटर: कुवेत, कतार, ओमान र बहराइन

देश छान्नुहोस्, काम सुरु र अन्त्य भएको मिति र अन्तिम सलरी भर्नुहोस्। कानूनले तपाईंलाई दिने ग्र्याच्युटी देखिन्छ।

कुवेत कानून 6/2010, कतार कानून 14/2004, ओमान शाही डिक्री 53/2023, बहराइन कानून 36/2012।
देश
तपाईंको सेवा
तपाईंको अन्तिम सलरी
काम कसरी सकियो?
कुवेतमा 10 वर्ष वा बढी नभए राजीनामा दिँदा ग्र्याच्युटी घट्छ।

यो क्याल्कुलेटरपछाडिका कानून

देशहरेक वर्षको ग्र्याच्युटीगनिने सलरी
कुवेतपहिलो 5 वर्ष 15 दिन, त्यसपछि 30 दिन; बढीमा 18 महिनाको सलरीअन्तिम पूरा सलरी
कतारकम्तीमा 21 दिन, 1 वर्ष काम गरेपछिअन्तिम बेसिक सलरी
ओमान31 जुलाई 2023 देखि एक महिना; त्यसअघि पहिलो 3 वर्ष 15 दिन, त्यसपछि एक महिनाअन्तिम बेसिक सलरी
बहराइनपहिलो 3 वर्ष 15 दिन, त्यसपछि एक महिनाअन्तिम पूरा सलरी

कुवेतमा राजीनामा दिने कामदारले 3 वर्षभन्दा कम भए केही पाउँदैन, 3 देखि 5 वर्षमा आधा, 5 देखि 10 वर्षमा दुई तिहाइ, र 10 वर्षदेखि पूरा रकम पाउँछ। कतार, ओमान र बहराइनमा राजीनामा दिँदा ग्र्याच्युटी घट्दैन। बहराइनमा 1 मार्च 2024 देखिको सेवाको भाग सामाजिक बीमा संगठन (SIO) ले तिर्छ। ओमानमा 19 जुलाई 2027 देखिको सेवाका लागि ग्र्याच्युटीको सट्टा बचत कोष हुन्छ।

उदाहरणहरू

कुवेत, 10 वर्ष, सलरी 1,000 दिनार, कन्ट्र्याक्ट सकियो

तपाईंले 8,653.85 दिनार पाउनुहुन्छ।

कतार, 10 वर्ष, बेसिक सलरी 1,000 रियाल

तपाईंले 7,000 रियाल पाउनुहुन्छ।

धेरैले सोध्ने प्रश्नहरू

राजीनामा दिए मेरो ग्र्याच्युटी जान्छ?

कुवेतमा मात्र, जहाँ 10 वर्षभन्दा कम भए यो घट्छ। कतार, ओमान र बहराइनमा कानूनले राजीनामाका कारण यो घटाउँदैन। गम्भीर गल्तीका कारण निकालिएमा जुनसुकै देशमा यो जान सक्छ।

कुन सलरी गनिन्छ?

तपाईंको अन्तिम सलरी। कतार र ओमानले बेसिक सलरी लिन्छन्; कुवेत र बहराइनले प्रायः स्थायी भत्तासहितको पूरा सलरी लिन्छन्।

बहराइनमा के बदलियो?

1 मार्च 2024 देखि कम्पनीहरूले सामाजिक बीमा संगठनमा हरेक महिना योगदान तिर्छन्, र त्यो मितिदेखिको सेवाको ग्र्याच्युटी संगठनले दिन्छ। त्योभन्दा अघिको सेवाको भाग अझै तपाईंको कम्पनीले तिर्छ।

सन् 2027 मा ओमानमा के बदलिन्छ?

19 जुलाई 2027 देखि कम्पनीहरूले ग्र्याच्युटीको सट्टा हरेक महिना बेसिक तलबको 9% विदेशी कामदारका लागि बचत कोषमा जम्मा गर्छन्। त्यसअघि कमाएको ग्र्याच्युटी कम्पनीले नै दिन्छ।

ब्लगबाट: साउदी अरबमा सेवा अन्त्य: राजीनामा दिँदा वा कन्ट्र्याक्ट सकिँदा के पाइन्छ

अन्तिम पटक जाँच गरिएको: अक्टोबर 2026। तपाईंको कन्ट्र्याक्टले कानूनभन्दा बढी दिन सक्छ। यो क्याल्कुलेटर अनुमान मात्र हो, कानूनी सल्लाह होइन; आफ्नो देशको श्रम मन्त्रालयमा सोध्नुहोस्।

यो पेज अरबी भाषाबाट अनुवाद गरिएको हो। केही कुरा नबुझिएमा वा गलत भएमा कृपया हामीलाई भन्नुहोस्।